विश्वकाे जल्दाेबल्दाे समस्या : जलवायु परिवर्तन
समयको अन्तरालमा पृथ्वीकाे वायुमण्डलकाे तापक्रम, हावाको बहाब र वर्षातमा हुने घटबढका कारण तथा यसकाे वायुमण्डल नाइट्राेजन अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यासहरु मिलेर बनेको हुन्छ ।वायुमण्डलमा यी सबै ग्यासहरु निश्चित मात्रामा वा अनुपातमा हुन्छन् । यीमध्ये कुनै ग्यासले बढी ताप सञ्चित गरेर राख्न सक्ने क्षमता हुन्छ भने कुनैकाे कम भएका कारण उल्लिखित ग्यासको मात्रा वा अनुपातमा परिवर्तन भएमा कार्बनमनाेक्साइड, नाइट्राेजनअक्साइड, मिथेन जस्ता ग्यासको मात्रा बढ्दै गएको उल्लेख गरिएको छ । यी ग्यासले पृथ्वीतबाट अन्तरिक्षमा फिर्ता हुने विकिरणलाई अवरुद्ध गर्दछन् । अर्थात आफैंले साेसेर राख्छन् वा पृथ्वीतिर फर्काइदिन्छन् जसले गर्दा पृथ्वीले प्राप्त गर्ने साैर्य विकिरणभन्दा अन्तरिक्षमा फिर्ता जाने विकिरण कम हुन्छ । यसै प्रक्रियाले गर्दा पृथ्वीकाे वायुमण्डलकाे तापक्रम बिस्तारै बढ्दै गएको छ । यसरी विकिरणकाे लेनदेनमा असन्तुलन पैदा गरि जलवायु परिवर्तन ल्याउने ग्यासलाई हरितगृह प्रभाव अर्थात अङ्ग्रेजीमा Green House Effect वा छाेटकरीमा GHE भनिन्छ ।
हरितगृह प्रभाव(Green Hosue Effect) |
तापक्रमकाे वृद्धिले पृथ्वीकाे धुवीय क्षेत्रमा हिउँदमा पग्लने क्रममा वृद्धि भएको पाइएको छ । त्यस्तै हिमाली भागमा अवस्थित हिउँ पनि पग्लने क्रममा वृद्धि भएको छ । यसबाट पृथ्वीमा पानीको सन्तुलन बिग्रन गई सबै प्राणीहरुकाे जीवनमा नकारात्मक असर पर्ने अवस्था देखिएको छ। जलवायु परिवर्तनबाट साेझै असर पर्न सक्ने क्षेत्रहरु चित्रमा देखाइएको छ ।
जलवायु परिवर्तनले प्रभाव परेकाे क्षेत्र |
जलवायु परिवर्तन प्रभाव परेको प्रकृति क्षेत्र |
हिउँ पग्लिएपछि समुद्रमा पानीको मात्र बढ्न समुद्रको सतह बढ्दै गएको छ । समुद्रकाे पानीकाे तापक्रम पनि बढ्न गई समुद्री सतहकाे पानीको आयतनमा वृद्धि भई त्यसले समुद्री तटकाे भूमि र बस्तीलाई असर पुर्याउन थालेको छ । यसबाट समुद्रको तट तथा बीचमा अवस्थित टापुका बस्तीहरु डुबानमा पर्न सक्ने सानो भन्दा सानो समुद्रकाे छालले पनि ठूलो नाेक्सान पुर्याउन सक्ने जाेखिमकाे स्थितिमा पुगेका छन् ।
समुद्रीक छाल |
तापक्रम जस्तै पृथ्वीकाे आैसत वार्षिक वर्षामा पनि परिवर्तन भएको छ । भूमध्य क्षेत्रमा वर्षाकाे मात्रा घटेको छ भने ध्रुवीय क्षेत्रमा वर्षाकाे मात्रा बढेको छ । यसबाट भूमध्यरेखीय क्षेत्रमा सुक्खा र खडेरीकाे नकारात्मक असर पर्दै जाने र उच्च अक्षांश क्षेत्रमा बाढी एवम् पहिरोकाे सम्भावना बढ्दै जाने अवस्था देखिएकाे छ । कुनै स्थानमा छिटो वर्षात् सुरु भई पछिसम्म रहने र कुनै सथानमा ढिलो सुरु हुने छिटै सकिने तथा उचित समयमा वर्षा नभई खेती तथा स्थानीय जलचक्रमा प्रतिकूल असर पर्ने गरेको पनि पाइएको छ । त्यस्तै अतिवृष्टि, अनावृष्टि र हुरी बतासका घटनाहरु बढ्दै गएकाे छ ।
हालको विश्वकाे जलवायु परिवर्तन मुख्यतया मानिसको अविवेकपुर्ण व्यवहारका कारणहरुले गर्दा सिर्जना भएको हाे । त्यसैले यसकाे निराकरणका लागि पहल पनि मानिसबाटै हुनुपर्दछ । जलवायु परिवर्तन कम गर्न तथा परिवर्तित जलवायुमा सहज तरिकाले बाँच्ने अवस्था सिर्जना गर्न मुख्यतः दुई प्रकारका उपायहरू छन् । पहिलो, वायुमण्डलकाे हालको हरितगृह ग्यासको मात्रा वा अनुपातमा कमी ल्याउनु र दाेस्राे जलवायु परिवर्तनले ल्याएका असरहरुलाई कम गरी त्यसबाट जनजीवनमा आइपर्ने विपत्तिहरु न्यून गरि जीवनपद्धतिलाई सहज बनाउनु ।
पृथ्वीकाे वायुमण्डलमा हरितगृह प्रभाव कम गर्न थप दुई उपायहरू अपनाउन सकिन्छ । पहिलो, ऊर्जाको लागि प्रयाेग भइरहेको पेट्रोलियम पदार्थ एवम् काेइला जसले कार्बनडाइअक्साइड निष्कासन गरि वायुमण्डलकाे तापक्रम वृद्धि गर्दछन् । तिनलाई कम प्रयोग गर्ने अर्थात वायुमण्डलमा तापक्रम बढ्न मद्दत गर्ने खालका क्रियाकलापहरुमा कमी ल्याउने र ऊर्जाका वैकल्पिक उपायहरु अपनाउनुपर्छ । दाेस्राे, बाेटबिरुवाले प्रकाश संश्लेषण(Photosynthesis) प्रक्रियाद्वारा वायुमण्डलमा भएको कार्बनडाइअक्साइड ग्यास साेसेर ठाेस कार्बनमा रुपान्तरण गर्ने भएकाले वनको संरक्षण एवम् सम्बर्धन गर्ने र नाङ्गो जमिनमा वृक्षराेपण गरि वायुमण्डलमा कार्बनडाइअक्साइड ग्यासकाे मात्रामा कम गर्ने ।
प्रकाश संश्लेषण प्रक्रिया |
वायुमण्डलमा रहेको हरितगृह प्रभाव कम गरि जलवायुलाई साविककाे अवस्थामा ल्याउन लामो समय लाग्दछ । यसका लागि सिङ्गो विश्व नै प्रतिबद्धताका साथ लाग्नुपर्दछ । वायुमण्डल प्राणीहरुका लागि सहज नबनुन्जेलसम्म जलवायु परिवर्तनले स्थानीय रुपमा जनजीवनमा पर्ने नकारात्मक असर न्यून गर्ने उपायहरू पनि सँगसँगै लैजानुपर्दछ । यस्ता उपायहरू वृक्षारोपण गरी भूक्षय कम गर्ने, बाढी पहिरो नियन्त्रणका क्रियाकलाप सञ्चालन गर्ने, विपत्तिमा परेका समुदायलाई वैकल्पिक जीविकोपार्जनका उपायहरु अपनाउन मद्दत गर्ने, जलवायु परिवर्तनका कारण उत्पन्न हुन सक्ने विपत्तिबारे जनचेतना अभिवृद्धि गरि सुरक्षाका लागि पूर्व तयारीमा जाेड दिने अादि पर्छन् । विपत्ति कम गर्न स्थानीय स्तरमा नै परिस्थितिअनुसार अल्पकालीन र दीर्घकालीन रणनीति तथा याेजनाहरु तर्जुमा गरि कार्यान्वयन गर्दै जानुपर्ने आवश्यक छ ।
वृक्षरोपण |
No comments:
Post a Comment
Please leave your comment below