के नपालमा महाभुकम्प आउँदैछ ? - K.S.G IN THE WORLD

K.S.IN THE WORLD:- Provide Best Post On Tech, Social Media,SEO,Website Development and many more topic. We Allow Guset Post almost any category

Ads

Saturday, 25 January 2025

के नपालमा महाभुकम्प आउँदैछ ?

के नपालमा महाभुकम्प आउँदैछ ?


राेशन थापा

काठमाडाैं, भूकम्पविद्हरु ८ रेक्टर स्केलभन्दा माथिको भूकम्पलाई मात्रै ठूलो अथवा महाभूकम्प मान्छन्। भूकम्पीय दृष्टिकोणले नेपाल हिमालय अति सक्रिय क्षेत्रमा पर्छ । ग्लोबल रिपोर्टका अनुसार नेपाललाई भूकम्पीय जोखिमताका आधारमा एघारौँ स्थानमा राखिएको छ । तातो अर्धतरल सतहमाथि तैरिइरहेका दुईवटा टेक्टोनिक प्लेटहरू इन्डियन र युरोसियन एक आपसमा टकराब हुँदा हिमालय क्षेत्रमा समय समयमा हलचल मच्चिरहन्छ । युरोसियन प्लेट प्रत्येक वर्ष दुई सेन्टिमिटरको दरले उत्तरतर्फ हिँडिरहेको छ। चलायमान भूखण्ड भएका कारण साना ठूला कम्पन गइरहन्छन्। चट्टानहरूको अक्सर घर्षण र ठक्कर हुँदा हजारौँ वर्षको अन्तरालमा जमिनमुनि ठूलो शक्ति (सेस्मिक इनर्जी) सञ्चय भएर बसेको हुन्छ। उक्त शक्ति दरारहरूमार्फत जमिन बाहिर निस्कन खोज्दा तरङ्ग पैदा गर्छ जसलाई हामी भूकम्प भन्छौँ। भूकम्पले कति असर गर्छ भन्ने कुरा भौतिक संरचना यसको केन्द्रविन्दुबाट कति टाढा छ भन्ने कुराले निर्धारण गर्छ।

करोडौँ वर्षपहिले हिमालयको उत्पत्ति भएदेखि नै यस क्षेत्रमा अनगिन्ती कम्पन गइसकेका छन्। दस हजार भन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको सन १९३४ को महाभूकम्पदेखि झन्डै नौ हजार मानिसले ज्यान गुमाउनुपरेको सन् २०१५ को विध्वंसक गोर्खा  महाभूकम्पबीच थुप्रै ठूला भूकम्प गए। सन् १९८८ को ६.९ म्याग्निचुडको काठमाडौँ बिहार भूकम्पले करिब एक हजार मानिसको ज्यान लिएको थियो । सय जना भन्दा बढीको ज्यान जाने गरी आएको ६.९ म्याग्निचुडको सिक्किम भूकम्प अझै पनि कैयौँको मानसपटलमा झल्किरहन्छ । त्यस कारण एकपटक भूकम्प गइसकेपछि जोखिम पूर्णरूपमा टर्दैन र पुनः जुनसुकै समयमा पनि जान सक्छ भन्ने कुरा इतिहासका महाविपत्तिबाट सजिलै बुझ्न सकिन्छ।


नेपालको भौगोलिक वनवाट विश्व घटनाबाट सिक्नु पर्ने पाठ

भूकम्पीय जोखिम भएका ठाउँहरूलाई भौगोलिक हिसाबले तीनवटा क्लस्टरमा विभाजन गरिएको छ– पश्चिमी, मध्य र पूर्वी नेपाल । भौगर्भिकरूपमा हेर्ने हो भने शिवालिक (चुरे), लेसर हिमालय र हाइयर हिमालयको अगाडि पर्ने क्षेत्र उच्च जोखिम भएका भूभाग हुन् भन्ने गरिन्छ। जापान अन्तर्राष्ट्रिय कर्पोरेसन एजेन्सी (जाइका) ले सन् २०१६ मा प्रकाशित गरेको रिपोर्टअनुसार मध्य पश्चिमाञ्चल, पश्चिमाञ्चल र मध्य नेपालमा क्रमशः ८.६, ७.८ र ७.८ म्याग्निच्युडका ठूला भूकम्प जान सक्छ भनेर उल्लेख गरिएको छ। भूकम्प नगएको सय वर्ष भइसकेको क्षेत्रमा जमिनमुनि सञ्चै भएको शक्ति पूर्ण स्खलित हुन ७.८ रेक्टर स्केलको र तीन सय पचास वर्षसम्म पनि भूकम्प नगएको भूभागमा ९ रेक्टर स्केलको भूकम्प जानुपर्छ भनेर भूवैज्ञानिकहरूले उल्लेख गरेको पाइन्छ। त्यो हिसाबले हेर्ने हो भने नेपालको पश्चिमी भूभागले भविष्यमा भुइँचालोको ठूलै झट्का बेहोर्नुपर्ने प्रचुर सम्भावना देखिन्छ।

सात रेक्टर स्केलको भूकम्पको शक्ति भनेको ६ रेक्टर स्केलको भूकम्पको शक्तिभन्दा ३२ गुणा बढी हुन्छ। अर्थात् जमिनको गर्भमा ७ रेक्टर स्केलको भूकम्प जाने शक्ति सञ्चित छ भने त्यो शक्ति क्षीण हुन ६ रेक्टर स्केलका ३२ वटा भूकम्प त्यही ठाउँमा जानु पर्छ

जमिनमुनि सञ्चित भएर बसेको ८ रेक्टरको भूकम्पको जाने शक्ति समाप्त हुन ६ रेक्टर स्केलका भूकम्प एक हजार २४ वटा जानुपर्छ यसले ८ रेक्टरको भूकम्प जानसक्ने शक्ति यदि पश्चिम र सुदूरपश्चिको भूगर्गभित्र सञ्चित भएर बसेको छ भने ६ रेक्टरसम्ममा भूकम्प त्यस क्षेत्रमा एक हजारभन्दा धेरै जानु पर्छ। त्यसले मात्रै ८ रेक्टर स्केल बराबरको शक्ति समाप्त हुन्छ।

विगतमा हाइटीमा गएको ७ रेक्टरको भूकम्पले तीन लाख मानिसको मृत्यु भएको थियो। तर, जापानमा ९.१ को भूकम्प जाँदा जम्मा २० हजार मान्छेले मात्रै ज्यान गुमाएका थिए। त्यो पनि भूकम्पले हल्लिएर होइन, सुनामीको कारण।

सन् २०१० तिर इरानमा गएको झण्डै ६ रेक्टरको भूकम्पले पनि ३० हजार मानिसको मृत्यु भएको थियो।

हाइटीमा ७ रेक्टरको भूकम्प जाँदा ३ लाख मान्छे मरे, जापानमा ९ रेक्टरभन्दा माथिको भूकम्प जाँदा पनि २० हजार मात्रै मान्छे मर्नुको कारण हाइटीका कमजोर र जापानका मजबुत भौतिक संरचना नै हुन् ।

 

जोखिम पछाडिको विज्ञान

नेपाल भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जहाँ भारतीय टेक्टोनिक प्लेट लगातार युरेशियन प्लेटसँग टकराइरहन्छ, जसले गर्दा पृथ्वीको क्रस्ट मुनि ठूलो तनाव उत्पन्न हुन्छ। यो तनाव, यदि अचानक जारी भयो भने, ठूलो भूकम्प ट्रिगर गर्न सक्छ, सम्भावित रूपमा वि.सं २०७२ सालको प्रकोप भन्दा ठूलो । भूकम्प विज्ञहरूका अनुसार वि.सं २०७२ सालको भूकम्पले संचित ऊर्जाको केही अंश मात्रै छोडेको थियो

"हिमालय क्षेत्रमा ठूलो भूकम्प आउन बाँकी छ," टेक्टोनिक गतिविधिमा विशेषज्ञ भूवैज्ञानिक डा. मनिष कोइराला भन्छन्। "हामी यो कहिले हुन्छ भनेर ठ्याक्कै भविष्यवाणी गर्न सक्दैनौं, तर तथ्याङकले नेपाल अत्यन्त जोखिममा रहेको संकेत गर्दछ।"

कुल २ हजार ४०० किलोमिटर लामो हिमालय भू–खण्डको केन्द्रीय भागमा नेपाल करिब एक तिहाइ (८०० कि.मि.) भू– भाग ओगटेर रहेको छ । भारतीय प्लेट र युरेशियाली प्लेटहरु बीचको संघातबाट बनेको यो क्षेत्र नव–भूक्रियाशीलताको आधारमा भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रमा पर्दछ । नेपालको भौगर्भिक बनौट एवम् भूक्रियाशीलताको अवस्थाका साथै प्राग–ऐतिहासिक भूकम्पहरुको अध्ययन–अनुसन्धानहरुबाट भूकम्प पुनरावृत्तिको अवधि भू–खण्ड अनुसार फरक–फरक पाइएको छ । फलस्वरूप नेपाल हिमालय क्षेत्रमा अनियमित ‘भूकम्पीय चक्र’ रहेको तथ्य प्राग–ऐतिहासिक भूकम्पीय अध्ययनहरुले देखाएका छन् । साथै नेपालमा पाईएका सक्रिय दरारहरु मेन फ्रन्टल थ्रस्ट, मेन बाउण्डरी थ्रस्ट र दुई प्लेटहरु बीचको मेन हिमालयन थ्रस्ट भूकम्पीय दृष्टिकोणले बढी क्रियाशील रहेको पाइन्छ ।


सम्भावित भुकम्प जाने क्षेत्रहरु

वि. सं. २०७२ साल वैशाख १२ गते दिनको ११:५६ बजे गएको ७.६ रेक्टर स्केल (ML) को गोरखा भूकम्प वि. सं. १९९० सालको महाभूकम्प पछिको ठूलो एवम् विनासकारी भूकम्प हो । यस भूकम्पले गोरखाको बारपाक र सो देखि पूर्व दोलखासम्म करिब १४० किलोमिटरको क्षेत्रमा जमिनमुनि दरार उत्पन्न गरी ठूलो मानवीय र भौतिक क्षति गर्‍यो । भूकम्पको हाइपोसेन्टर सापेक्षित रूपमा कम गहिराइ (१५ कि.मि.) मा रहेकोले भूकम्पको कम्पन जमिनको सतहमा बढी नै हुन गयो । गोरखा भूकम्पको तीव्रताको मापन नेपालमा वैज्ञानिक तवरले विस्तृत रूपमा हुन सकेन । यद्यपि अमेरिकी भौगर्भिक सर्भे (USGS) ले प्रवेगको आधारमा तीव्रता उच्चतम VIII सम्म पुगेको तथ्याङक प्रस्तुत गरेको छ । साथै काठमाडौँका साँखु, भक्तपुर एवम् बुङ्गमती क्षेत्रमा अत्यधिक क्षति भएकोले तीव्रता VIII भन्दा अधिक रहेको हुनसक्ने अनुमान गरिएको छ । गोरखा भूकम्पका जमिन गति सम्बन्धी तथ्याङकहरु विशेष प्रकारका देखिन्छन् । गोरखा भूकम्पको उच्च प्रवेग चट्टानमा करिब ०.२६g र माटोमा ०.२०g मापन गरिएको छ । काठमाडौँ उपत्यकाभित्र भूकम्पले तलमाथि (भर्टिकल) दिशामा बढी प्रवेग उत्पन्न गरेको पाइन्छ । साथै चट्टानी क्षेत्रमा माटोमा भन्दा उच्च प्रवेग मापन गरिनुले चट्टानी क्षेत्र (कीर्तिपुर), काठमाडौँ खाल्डोभन्दा बढी कम्पित भएको पाइयो । वि. सं. १९९० सालको महाभूकम्प भन्दा गोरखा भूकम्पका परकम्पनहरु शक्तिशाली र लामो समयसम्म गइरहेको छ । विशेषतः गोरखादेखि दोलखासम्मको क्षेत्रमा परकम्पहरु सघन रूपमा मापन गरिएको छ । परकम्पहरु दरार क्षेत्रभन्दा बाहिर काठमाडौँ उपत्यका वरिपरि पनि मापन गरिएको छ । गोरखा भूकम्पको दरार क्षेत्रमा एक वर्षमा चार म्याग्नेच्यूडभन्दा ठूला ४४६ वटा परकम्पहरु गएका छन् र हालसम्म पनि परकम्पहरु जाने क्रम जारी छ ।

वि.सं २०७२ को भूकम्पबाट पाठ

गोरखा भूकम्पले विनाशकारी विरासत छोडेको छ । सम्पूर्ण गाउँहरू मेटाइयो, सडक र पुलहरू जस्ता महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएका थिए, र ऐतिहासिक स्थल चिन्हहरू भग्नावशेषमा परिणत भएका थिए । अर्बौंको अन्तर्राष्ट्रिय सहायताको बाबजुद पनि रिकभरी सुस्त छ वि.सं २०७२  बाट एउटा महत्त्वपूर्ण पाठ यो हो कि तयारीले जीवन बचाउँछ । खराब निर्माण भवनहरू मृत्युको मुख्य कारण थिए

यो नक्सालाई हेर्नुहोस, नेपालमा विगत दश वर्षमा आएको पाँच म्याग्निचुड माथिको भुकम्प हुन । यो दर्जनौं भुकम्पहरु मध्ये यो २०७२ सालको गोरखाको बार्पाकको भुकम्प केन्द्र विन्दु हो । यो जाजरकोटमा आएको भुकम्प हो । वास्तवमानै तथ्याङक पल्टाएर हेर्ने हो भन्ने विगत दश वर्षमा म्याग्निचुडको ९०४ वटा, म्याग्निचुडको  को ६६ वटा, म्याग्निचुडको ४ वटा र ७ म्याग्निचुडको २ वटा भुइचालो हामीले भोगि सकेका छौं । अब यो हेर्नू यो विगत ५०० वर्षमा नेपालमा आएको ठूलो भुइचालो नक्सा हो ।


२०७२ सालको भुइँचालोले भत्काएको संस्कृतिक सम्पदा

यसबाट के प्रस्ट हुन्छ भन्ने हामीले ठूलो भुइचालो व्यहोरि सकेका छौं । तर हामीले भन्न खोजेको चाहिँ के भन्ने । यसमा दुईवटा कुरा छ । पहिलो हामी नेपालमा भुइचालो आउनु जति सोचिराकेका हुन्छौं । त्यो भन्दा निकै कम हो । सम्पूर्ण नेपाल नै उच्च भूकम्पीय जोखिम युक्त क्षेत्रमा पर्छ ।  दोस्रो माथिको नक्सामा गहिरे हेर्नू भयो भने एउटा ठूलो ग्याप देख्नु हुन्छ । यो ग्याप । यो ग्यापलाई केन्द्रबिन्दु बनाएर विगत ५०० वर्ष देखि कुनै पनि भुइचालो नै गएको छैन । विज्ञहरुले नै तथ्याङक हेरर ठूलो भुकम्प आउन सक्ने अनुमान लगाएका छन् ।

भुइचालो चाहिँ अनुमान नै गर्न मिल्दैन । यो सबै मान्छेलाई बेकुफ बनाउने तरिका हो । तर वास्तमा नै यो हो चाहिँ के त ? साच्चै त्यो क्षेत्रमा एउटा ठूलो भुइचालो आउने सम्भावना रहेको छ त ? के यसबाट हुने क्षतिको लागि हामी तयार छौं त ?

२०७२ सालको भुइचालो पछि हामी यसको बारेमा यति धेरै चर्चा गर्न थाल्यौं । अझ बेलाबेलामा आउँने स-साना भुइचालो त खाटा बसेको घाउ कोटाएको जस्तो हुन्छ ।

विगत देखि वर्तमान सम्मका कुरा

जमिन मुनि टेक्टोनिक्स प्लेटहरू छन् । तीनीहरु बीच एक अर्कोमा घर्षण र त्यहाँ जम्मा भएको शक्ति रिलिज  हुँदा भुइचालो आउँछ र त्यो हामी सबलै सुनेको नै छौ । अझै पनि एउटा कुरा के मा चाहिँ भ्रम देखिन्छ भने भुइचालो कति ठूलो हो । यति रेक्टर स्केलको भुइचालो आयो यति म्याग्निचुडको आयो भन्ने सुनिन्छ । यति भुइचालो कति ठूलो हो भन्नू भन्दा पहिले यो म्याग्निचुड  भन्ने बुझौं । भुइचालो कति ठूलो हो भनु भन्दा पहिले कुन टेक्टोनिक्स प्लेटहरू हो, कति गइराइमा हाइपोसेन्टर , कस्तो  माटो छ, कस्तो ढुङ्गा छ सबै हेर्नुपर्ने हुन्छ । ती सबै कुरालाई एउटै नम्बरमा लेउन असम्भव जस्तै छ । रेक्टर स्केलले शक्ति संचार हुँदाको कम्पनलाई मात्रै जाँच छ । जति धेरै शक्ति संचार भयो उति नै धेरै कम्पन  बढ्दै जान्छ । त्यति नै म्याग्निचुड पनि बढ्दै जान्छ । र रेक्टर स्केल लॉगरिदमिक हुन्छ । मतलब स्केलमा १ बढ्यो भन्ने त्यसको कुल शक्ति 10 × पटक ले बढ्नु हो । स्केलमा - जानू भनेको १० गुण ठूलो भुइचालो जानू हो ।- भनेको १०० गुण धेरै गुण हो । तुलनको लागि जापानको हिरोसिमा जुन बम खसालिएको थियो । त्यति नै ऊर्जा ६.२  म्याग्निचुडको भुइचालो आउदा उत्पन्न हुन्छ ।  ६ म्याग्निचुडको भुइचालो कति खतरनाक हुन्छन् भने कुरा यसबाट नै थाहा हुन्छ । यसको बटम लाइन के हो भन्दा हामी दुईवटा टेक्टोनिक्स प्लेटहरूका बीचमा बसेका छौं । जसले गर्दा यो क्षेत्रमा जुन सुकै बेला पनि भुइचालो जान सक्छ । त्यसैले ईतिहास पल्टाएर हेर्ने हो भने पनि नेपालमा धेरै वटा  भुइचालोहरु पाउँछौं । वि.सं १३१२ काठमाडौंमा एकदमै ठूलो भुइचालो आएको थियो । काठमाडौंको १/३(एक तिहाइ) जनसङख्या सँगै राजा अभय मल्लको पनि मृत्यु भएको थियो । त्यस्तै वि.सं १५६२ मा तल्लो मुस्ताङ भुइचालो आएको थियो । जुन नेपालको इतिहासमा नै सबैभन्दा ठूलो भुइचालो थियो । र यसले नेपालको ३० प्रतिशत जनसङख्या मृत्यु भयो भने अनुमान छ । त्यस्तै वि.सं १८९० मा ७.७ म्याग्निचुडको भुइचालो आएको थियो । जसमा १८००० घर भत्किएको थियो । र ४०० भन्दा बढीको मृत्यु भएको थियो । त्यस्तै वि.सं १९९० मा पूर्वी नेपालमा आएको ८.१ म्याग्निचुडको भुइचालोमा ८,५०० को मृत्यु र दुई लाख घर र ऐतिहासिक संरचनाहरु भत्किएका थिए । त्यसपछि २०७२ सालको गोरखा भुकम्प जसमा पाँच लाख घर र ८,७०० को मृत्यु र भएको थियो ।

यही तथ्याङकलाई हर्ने हो भने वि.सं १५६२ पछि जति पनि महाभुकम्प आएका छन ती सबै पोखरा देखि पूर्वी नेपाललाई केन्द्र बिन्दु बनाएर आएका छन् । तर  टेक्टोनिक्स प्लेटहरू एकआपसमा ठोकिने प्रक्रिया भने चलि नै रहेको छ । हरेक वर्षमा २ से.मी र १०० वर्षमा २ मिटरको दरले भारतीय प्लेट, यूरेशियन प्लेटमा  पस्दै छ । लामो समय देखि त्यहाँ ऊर्जा संचित भएर बसेको छ । र त्यही ऊर्जा रिलिज हुनको लागि भुकम्प आउनुपर्ने हुन्छ । जस्तै २०७२ सालको भुइचालो आएको बेला भारतीय प्लेट, यूरेशियन प्लेटमा  ३.५ मि देखि ६ मि सम्म भित्र पसेको थियो । र त्यही समयमा ७.८ म्याग्निचुडको भुइचालो आएको थियो । यही तर्क अनुसार नेपालको पश्चिम भागमा विगत ५०० वर्ष देखि प्लेटहरुको चाल अनुसार ८.५ देखि ९ म्याग्निचुडको भुकम्प जाने जोखिम रहेको विज्ञहरु बताउँछ छन् । यो कुरा यति साधारण र सिधा भने छैनन् । किनकि  नेपालको पश्चिम भागमा ५१२ वर्ष देखि भारतीय प्लेट जति यूरेशियन प्लेटको मुनि जानुपर्ने थियो त्यो अर्डरमा त्यो गएको छैनन् । त्यसले यति म्याग्निचुड को उति म्याग्निचुडको भुइचालो आउँछ भन सकिदैन । भुइचालो कहिले आउँछ भने कुरा त अनुमाननै गर्न मिल्दैन । जम्मा भएको ऊर्जा पनि एकैपटक ठूलो भुइचालो आएर रिलिज हुन्छ कि बिस्तारै विस्तारै सानो सानो भुइचालो आएर रिलिज हुन्छ भने पनि थाहा हुँदैन् । तर विज्ञहरुको अनुसार ८ र ९ म्याग्निचुड भुकम्प नआउने हो भने ७ म्याग्निचुडको २४ सय वटा भुकम्प,  म्याग्निचुडको १००० वटा भुकम्प आउने भनेर अनुमान गरिएको छ । भुकम्प कहिले, काहाँ र कसरी आउँछ भने कुरा त कसैले पनि अनुमान नै गर्न सक्दैनन् । भूवैज्ञानिक समझ बढ्दै जांदा वैज्ञानिक गणना गर्न मिला । र हामी एउटा महाभुकम्पको खतरामा चाहिँ छौं ।

२०७२ सालको भुइँचालोले भत्काएको धरहरा

जस्तै २०७२ सालमा नेपालको जिडीपीको २५ मिलियन डलर आसपासमा थियो । २०७२ को भुइचालोले नेपालको ७ देखि ८ मिलियन डलर सम्म घाटा भएको थियो । यसको मतलब हाम्रो आधा अर्थतन्त्रनै भुइचालो खाइ दियो ।  ५,००० भन्दा धेरै सार्वजानिक स्कुलहरु र २,५०० भन्दा धेरै स्कुलको रुमहरु, ६०० भन्दा धेरै स्वस्थ संस्थाहरु र ३०० भन्दा धेरै सरकारी कार्यलयहरुलाई पुनर्निर्माण गर्नु परेको थियो । कतिपय ठाउँमा पहिरो, हिउँ पहिरोहरु आयो । जसले गर्दा २०,२०० भन्दा बढि स्पोर्टमामा भुकम्पले टिगर गर्यो ।  ती स्पोर्टहरु अहिले पहिरो जोखिम क्षेत्रमा छ । भुइचालो पछि नेपालमा आउने पर्यटक सङ्ख्या ३० प्रतिशत कटौती भएको थियो । भुकम्प आएको चार महिना पछि भक्तपुर जिल्लमा गरिएको एउटा सर्वेक्षण अनुसार ५० प्रतिशत मानिसलाई physicalist illness भएको थियो । त्यस्तै  भुकम्पबाट प्रभावित १५ जिल्लाहरु ३४ प्रतिशत मानिस डिप्रेसनमा थिए र ११ प्रतिशत  मानिस आत्मघाती विचार आउँदै थियो ।

भविष्यको भूकम्पको सम्भावित प्रभाव

नेपालमा फेरि ठूलो भूकम्प गएको खण्डमा त्यसको नतिजा भयावह हुन सक्छ:

·    मनावीय क्षति: काठमाडौं जस्ता घना जनसंख्या भएको सहरमा लाखौं मानिसको ज्यान जाने जोखिम रहेको छ

·      आर्थिक विनाश: पर्यटन र कृषिमा धेरै निर्भर रहेको नेपालको अर्थतन्त्रलाई ठूलो नोक्सान हुनेछ।

·         सांस्कृतिक क्षति: प्रतिष्ठित युनेस्को विश्व सम्पदा साइटहरूले अपरिवर्तनीय क्षतिको सामना गर्न सक्छ।

सन् २०१५ को भूकम्पजस्तै वा सोभन्दा ठूलो भूकम्पले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक करोडभन्दा बढी मानिसलाई असर गर्न सक्ने अनुमान गरिएको छ

के हामी अर्को ठूलो जोखिमको लागि तयार छौं?

सरकारले २०१५ देखि भूकम्प अभ्यास, पूर्व चेतावनी प्रणाली, जनचेतना अभियानलगायतका केही उपायहरू अपनाएको छ । तर, यी प्रयासहरू आवश्यकताभन्दा कम छन्

राष्ट्रिय भूकम्प प्रविधि समाज-नेपाल(NSET) को एक रिपोर्टले खुलासा गरेको छ:

·         काठमाडौंका ८० प्रतिशत भवनले भूकम्प प्रतिरोधी मापदण्ड पूरा गरेका छैनन् ।

·         अस्पताल र विद्यालयहरू जस्ता महत्वपूर्ण पूर्वाधारहरू उच्च जोखिममा छन्।

·         नेपालमा भूकम्पपछिको उद्धार कार्यका लागि पर्याप्त दक्ष जनशक्तिको अभाव छ ।

राष्ट्रिय भूकम्प प्रविधि समाज-नेपाल(NSET) का कार्यकारी निर्देशक कल्पना श्रेष्ठ भन्छिन्, सामुदायिक स्तरमा पूर्वतयारी न्यून छ। जनताले बुझ्नुपर्छ कि तयारी सरकारको जिम्मेवारी मात्र होइन; यो सामूहिक प्रयास हो।"

धेरै दुःख र समस्या भोगेर मात्रै हामी यहाँ सम्म आइ पुगेका हौं । समस्या अझै टरि सकेको भने छैनन् । ठुलो ठूलो समस्याहरु आउन त बाँकी नै छन् । अब हामी यसबाट चाहिँ कसरी बच्ने, हामी तयार कसरी हुने र सरकारले तयारी कसरी गर्ने त्यसमा चाहिँ काम हुनुपर्नेमा । भुइचालो आउँछ, केही हजारको मृत्यु हुन्छ केही हजार घरहरु पनि भत्किन छनन् । पत्रपत्रिकामाहरुमा हेडलाईन बन्छन् । हामी भिडियो बनाउँछौ । एक वर्ष डेढ वर्षमा हामीले सबै बिर्सन छौं । हामीसँग अझै तयार हुनुको लागि माथिल्लो सरकारी निकायबाट पनि आफ्नै प्रोत्साहन होला । हामीले पनि आफैं पनि कुन हत सम्म तयारी हुन सक्छौं त्यो गर्न जरुरी छ ।

 

  

No comments:

Post a Comment

Please leave your comment below