नारण चोकको नारण दाइ |
मकवानपुर, चिसो मौसम झुरुप मान्छेहरु चियाको चुस्की सँगै कोही देश दुँनियाको खबरखाबर भन्न त कोही छिमेकीको प्रगतिमा ईस्या गर्न । देशको राजनीति देखि लिएर छिमेकीको प्रगति देखि दुगति सम्मका कुराहरु यहाँ हुनेगर्छ । कयौं मौसम फेरीए कयौं वर्षात आए, कयौं झरीसँगै रुझेको यो चोकले भूपी शेरचनको मेरो चोक कविताको एउटा अशं सम्झाएको जस्तो,
नारण दाइको पसलमा आएका ग्राहकहरु |
“साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ
के छैन? सबथोक छ।
असङ्ख्य
रोग छ,
अनन्त
भोक छ,
केवल
हर्ष छैन,
यहाँ
त्यसमाथि रोक छ।
साँघुरो
गल्लीमा मेरो चोक छ।
याहाँ
के छैन? सबथोक छ।”
-भूपी शेरचन
हिउँदको खडेरी जस्तै सपनाहरुको
खडेरी लागेको बखत चोक सँग मितेरी गाँस्न आएका थिए नारण । कतारको बुलावा खानीबाट शुरु भएको नारणका
बेथाहरु जीवनका अधाअधिमा फेरि पनि पहाडको फेदसँग गाँसिन आएको छ । कतै पोखिदै, कतै ठोकिदै, कतै रुझदै जीवनका केही दशक
सफलतालाई खोज्न खर्च गरेका नारणको चोक सँग कसरी प्रेम बस्यो । उनले आफैं भेउ पाएका
छैनन् । गहिरो हाँसेर उनी भन्छन् “आखिर जिन्दगी के रहेछ र ? दुई दिनको घाम छायाँ भन्दा अरु” । उनको दैनिकी यसरी नै बित्ने गर्छ । आफ्ना ग्राहकहरुको सेवा हाजिर भएर । कसैले नारण रातो/कालो चिया भन्दा उनी हाँसिलो अनुहार लगाएर एकछिन है भन्दै
उतैतिर लाग्छन् । उनको सहयात्री छिन्, श्रीमती कल्पना ।
नारण चोक शुरुमा नारण चोक थिएनन् । एउटा सामान्य मान्छेको धैर्याता लगन र मेहेनतले एउटा समान्य जस्तो लाग्ने विषयलाई पनि कति गहन बनाउने रहेछ भने उदाहरण हुन, नारण कार्की । अचेल गाउँमा एक घर एक प्रदेश जस्तो भएको छ । म पनि शुरुमा त साथीभाइको हुटहुटी र गाउँघरको देखासिखि गेरेर प्रदेश नगएको पनि होइन ।
काहाँ सोचेको जस्तो सजिलो थियो र ?
![]() |
नारण, श्रीमती र ग्राहक |
बालुवा खानीको मजदुरीमा बितेका केही वर्षहरु
कलिलो उमेर जीवनमा केही गर्नुपर्छ भने बोध । आफ्ना दाजुभाई, छरछिमेक, नातागोता सबै प्रदेशमा घरको कान्छो छोरा नारण । उमेरसँगै जिम्मेवारीको बोध हुँदै गयो । मैले पनि त केही गर्नुपर्छ भन्ने भान थियो । पासपोर्ट बनाए,
![]() |
कतारमा कामदारको रुपमा रहंदा नारण |
कतारमा लगभग ३/४ वर्ष बिताएका उनले त्यहाँ मजदुरीको काम गरेर
। पढ्न लेख्न सकिएन । यही त हो हामी खासै नपढेकाहरुले गर्ने काम भनेको नै त्यही
मजदुरी बाहेक अर्को विकल्प पनि थिएनन् । शुरुशुरुमा चर्को घाममा काम गर्दा निकै
गाह्रो हुन्थ्यो । पछि त विस्तारै आफैं बानी पर्दै गयो । कमाइ पनि खासै भएनन ।
कहिले घर नछाडेका उनका लागि त्यो प्रदेशको बसाईले उनलाई होमसिक बनायो । कहिले आमाको
सम्झनाले अनि कहिले गाउँघर सम्झेर समयसमयमा आउने चाडवाड सम्झेर उनलाई निकै नरमाइलो
लाग्थ्यो । कतारमा खासै भविष्य नदेखेपछि उनी आफ्नैं जन्मभूमी फर्किए । केही समय
त्यसै बसे ।
चौकिदारीमा
बितेका वर्षहरु
कतारबाट घर फर्किए केही समय गाउँमा नै रुमलिए । गाउँका
साथीभाइहरु इन्डिया काम गर्न जाने चल्न । उनि पनि उनिहरु सँगै लागेर लागे नयाँ
दिल्ली तिर । सपनाहरुको कसिमा अड्किदै कहिले कतार त कहिले दिल्लमा उनि हराइ रहेका
थिए । दिल्लीमा उनलाई कतारमा भएको जस्तो गाह्रो भने भएन । आफ्ना नै मान्छेहरु तर
त्यहाँको वातावरणमा भिजन भने उनलाई केही समय लाग्यो । बिस्तारै दिल्लीको
व्यस्ततामा उनले आफूलाई पनि व्यस्त बनाउँदै लोगे । शुरुवाती दिनहरुमा उनले
चौकीदारीको काम गर्नु परेको दुखेसो सुनाए । कहिलेकाहीँ त लाग्थ्यो । यी सबै छाडेर आफ्नै गाउँमा गएर । सानोतिनो केही
गर्नुपर्छ कि ? फेरी उनि सम्झन पुग्थे । मैले केही त गर्नु छ । केही वर्ष
उनले त्यहाँ चौकिदार बिताए । साहुबाट खानबस्नको सुविधा भएकाले उनको अन्य खर्च भएन
। केही रकम भएपनि बचत हुन थाल्यो । विस्तारै दिल्लीको त्यो अस्तव्यस्त भिडमा
आफूलाई एटजट् गर्दै लोगे । सपनाहरु बुन थाले । यही सपनाहरु सँगालने क्रममा उनको भेट् कल्पनासँग भएको थियो ।
कल्पनासँगै कल्पनाको संसारमा
उनि आफ्नो बिगत सम्झैदै मन्द मुस्कान निकालेर भन्छन् । काहाँ अहिले जस्तो जमना थियो र ? हाम्रो पालमा मेरी कल्पाना उनी फेरी लाज मिश्रीत हाँसो हास्छन् । कल्पना र मेरो लभ म्यारीज । हाम्रो ३ वर्ष सम्म लभ प¥
![]() |
श्रीमान नारण र श्रीमती कल्पाना |
उनले भने कल्पना र म फेरि दिल्ली फर्कियौं । त्यहाँ शुरुमा हाम्रा दिनहरु मान्छेको घरहरुमा घरेलु कामदारको रुपमा काम गरेर बित्न थाल्यो । बिस्तारैबिस्तारै घरेलु कामदारको रुपमा काम गर्दै भाण्डारको काम गर्ने थाल्यौं । म खाना पकाउँथे । कल्पना काटकुट बाँकी अरु काममा सघाउने गर्थिन । यसैबेला उनिहरुको पहिलो सन्तानको रुपमा छोरी श्रेयाको जन्म भयो । घरबाट आमा बिरामी परेको खबर पुग्यो । नारण श्रीमती कल्पाना र छोरी लिएर घर फर्किए । नारण इन्डियाबाट गाउँ आएपछि फेरि दिल्ली फर्कि मन गरेनन् । श्रीमान श्रीमतीको सल्लाहमा नै यतै केही गर्ने योजना बुने यसै बीचमा उनीहरुले गाउँमा नै होटल खोल्न योजना बुने । बिस्तारै उनीहरुले होटल चलाउन थाले । कमाइ कति हुुन्छ हजुरको दैनिक भन्ने प्रश्न ? नारण भन्छन् सबै खर्च कटाएर दैनिक ४००/५०० जति हुन्छ । गाउँको पसल हो सिजन अनुसार हुन्छ । सिजनमा धेरै हुन्छ अफ सिवनमा थोरै हुुन्छ । अब उनको एउटै धोको छ, सान्तानको लालनपाल र शिक्षादिक्षा दिनु छ । होटलमा आउने ग्राहकहरुले नै राखिदिएको नाम हो नारण चोकको नारण दाई, नारण चाचा ।
No comments:
Post a Comment
Please leave your comment below