K.S.G IN THE WORLD: World War First Main Event

K.S.IN THE WORLD:- Provide Best Post On Tech, Social Media,SEO,Website Development and many more topic. We Allow Guset Post almost any category

Ads

Showing posts with label World War First Main Event. Show all posts
Showing posts with label World War First Main Event. Show all posts

Wednesday, 13 May 2020

The United Nations and its organs(संयुक्त राष्ट्रसङ्घ र यसका अङ्ग)

May 13, 2020 0
The United Nations and its organs(संयुक्त राष्ट्रसङ्घ र यसका अङ्ग)
भनिन्छ, प्रथम विश्वयुद्धलाई द्वितीय विश्वयुद्धले पूरा गरेको र राष्ट्रसङ्घले पूरा गर्न नसकेको कुरा पूरा गर्न संयुक्त राष्ट्रसंघकाे स्थापना भएको थियाे । युद्धकाे विनाशभित्र पनि केही राम्रा कुराहरु हुन्छन्, तिनै राम्रा कुराहरुमध्ये एउटा कुरा संयुक्त राष्ट्रसंघकाे स्थापना  हाे ।
अगस्ट १९४१ मा अमेरिकि राष्ट्रपति फ्रयाङ्कलिन रुजवेल्ट तथा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल(Winston Churchil) ले अान्ध महासागरमा रहेको युदपाेतभित्र संयुक्त राष्ट्रसंघजस्ता विश्वसंस्थाकाे स्थापना गर्ने विषयमा सन्धि गरेका थिए, जसलाई एटलान्टिक चार्टर भनिन्छ ।

२६ जुन १९४५ मा ५० अाेटा राष्ट्रहरुले अमेरिकाले  सनफ्रान्सिस्काे (san francisco) मा संयुक्त राष्ट्रसंघकाे घाेषणापत्र(Charter) मा हस्ताक्षर गरे । २४ अक्टुबर १९४५ मा ५१ अाेटा राष्ट्रहरु मिलेर न्युयोर्क (New York) मा प्रधान कार्यलय रहने गरि संयुक्त राष्ट्रसंघकाे स्थापना गरे जसका प्रमुख अङगहरु यसप्रकार छन्:
(i)महासभा:-याे संयुक्त राष्ट्रसंघको संसद् हाे । राष्ट्रसंघको घाेषणापत्रकाे अधीनमा रही यसका सदस्य राष्ट्रहरूले बाेल्न र मत दिन पाउँदछन् । मत दिँदा एक राष्ट्र एक मतको अाधार रहन्छ । यसले संयुक्त राष्ट्रसंघको वार्षिक बजेट पारित गर्नुको साथै कुनै देशले राष्ट्रसंघकाे सदस्य हुन अावेदन दिएमा सदस्यता लागि सिफारिस गर्ने गर्दछ ।
(ii)सचिवालय:-सचिवालयले महासभाले गरेकाे निर्णयलाई कार्यान्वयन गर्दछ । यसकाे प्रमुखलाई महासचिव भनिन्छ । महासभाले पाँच वर्षका लागि महासचिव नियुक्त गर्दछ ।
(iii)सुरक्षा परिषद्:-सुरक्षा परिषदमा अमेरिका, बेलायत, फ्रान्स,रुस र चीन गरि पाँच राष्ट्रहरू स्थायी सदस्य र पन्ध्र राष्ट्रहरु अस्थायी सदस्य रहन्छन् । अस्थायी सदस्यहरु महासभाबाट पालैपालो गरि दुई वर्षका लागि निर्वाचनत हुन्छन् । यसकाे मुख्य काम शान्ति सुरक्षा कायम राख्नका लागि सेना परिचालन गर्नु हाे । यसका स्थायी सदस्यहरुले भने निषेधधाधिकार(Veto) प्रयाेग गरि महासभाले गरेकाे निर्णयलाई गरेको निर्णयलाई अस्वीकार गर्न सक्छन् ।
(iv)अन्तर्राष्ट्रिय न्यायालय:-अन्तर्राष्ट्रिय न्यायालयमा पन्ध्र न्यायाधीशहरु रहन्छन् । यिनीहरुले निर्वाचन नाै वर्षका निम्ति सुरक्षा परिषद् र महासभाबाट गरिन्छ । कुनै पनि देशबाट एकभन्दा बढी न्यायाधीश नियुक्त हुन पाइँदैन । यसको प्रधान कार्यालय हल्यान्डकाे हेगमा छ । यसकाे मुख्य काम सदस्य राष्ट्रहरुबीचकाे विवाद सुल्झाउनु हाे ।
(v)संरक्षण परिषद् :- सुरक्षा परिषद्का पाँच स्थायी सदस्य नै यसका पनि सदस्य हुन्छन् । यसकाे मुख्य काम विश्वयुद्धमा पराजित तथा उपनिवेशमा रहेका राष्ट्रहरू अात्मनिर्णय गर्न  सक्ने स्थितिमा नपुग्दासम्म तिनको हेरविचार गर्नु हाे ।
(vi)अार्थिक एवम् सामाजिक परिषद् :- याे परिषद् अार्थिक, सामाजिक, सांस्कृतिक र मानवीय गतिविधि जस्ता विषयमा हेर्दछ । यसमा ५४ जना सदस्य हुन्छन्, जसको कार्यलय तीन वर्षकाे हुन्छ । प्रत्येक वर्ष एक तिहाई अथवा १८ जना सदस्यकाे निर्वाचन हुन्छ र एउटा कार्यकारी सभा बन्दछ, जसले विभिन्न कामहरुकाे रेखदेख गर्दछ । यहाँ साधारण बहुमतद्वरा प्रस्ताव पास गरिन्छ र प्रत्येक सदस्यलाई एक भाेटकाे अधिकार हुन्छ ।






English Translation
It is said that the United Nations was established to fulfill what the First World War was completed by the Second World War and what the United Nations could not accomplish. There are some good things in the devastation of war, one of them is the establishment of the United Nations.
In August 1941, US President Franklin Roosevelt and British Prime Minister Winston Churchill signed a treaty to establish a world body, such as the United Nations, in the Atlantic War, known as the Atlantic Charter.

On June 26, 1945, 50 nations signed the United Nations Charter in San Francisco. On October 24, 1945, 51 nations formed the United Nations, headquartered in New York, with the following major components:
(i) General Assembly: This is the Parliament of the United Nations. Subject to the Declaration of the United Nations, its member nations have the right to vote. When voting, a nation is the basis of one vote. It passes the annual budget of the United Nations and recommends membership if any country applies for membership.
(ii) Secretariat: The Secretariat implements the decisions made by the General Assembly. Its head is called the secretary general. The General Assembly appoints the Secretary General for a term of five years.
(iii) Security Council: The Security Council has five permanent members and fifteen non-permanent members, including the United States, the United Kingdom, France, Russia and China. Temporary members are elected alternately by the General Assembly for a term of two years. Its main task is to mobilize the army to maintain peace and security. Its permanent members, however, can use their veto power to overturn the decision of the General Assembly.
(iv) International Court of Justice: The International Court of Justice has fifteen judges. These elections are held by the Security Council and the General Assembly for one year. No country can appoint more than one judge. It is headquartered in The Hague, the Netherlands. Its main function is to resolve disputes between member states.
(v) Conservation Council: - The five permanent members of the Security Council are also its members. Its main function is to take care of the defeated and colonized nations until they reach a state of self-determination.
(vi) Economic and Social Council: - This council looks after issues such as economic, social, cultural and humanitarian activities. It has 54 members, whose office lasts for three years. Each year, one-third or 18 members are elected and an executive council is formed, which oversees various tasks. Here the resolution is passed by a simple majority and each member has the right to one meeting

Written By K.S.G

Tuesday, 12 May 2020

Causes of the First World War(प्रथम विश्वयुद्धका कारणहरु)

May 12, 2020 0
Causes of the First World War(प्रथम विश्वयुद्धका कारणहरु)
१. गुटबन्दी
युरोपमा बिस्मार्कले सुरु गरेकाे गुटबन्दी प्रथम विश्वयुद्धकाे महत्त्वपूर्ण कारण बन्न गयो । त्यस वेला जर्मनी, इटाली र अस्ट्रिया त्रिपक्षीय सन्धि(Triple alliance) मा बाँधिएका थिए । बेलायत र जापानको बीचमा इ.सं. १९०२ मैत्री सन्धि भएको थियो । बेलायतले फ्रान्स र रुससँग पनि त्रिपक्षीय मैत्री सन्धि(Triple entente) गरेको थियो । यसरी युराेपका शक्तिहरु दुई गुटमा बाँडिएकाले गर्दा एक अर्कोप्रति शङ्का गर्ने स्थिति अायाे ।

२.सैन्यवाद
जर्मनी र इटालीकाे एकीकरणपछि युराेपमा नयाँ सैन्यवाद बढ्न गयो । प्रत्येक राष्ट्रले अाफ्नाे सुरक्षाका लागि भनेर सैनिक सङ्ख्यामा वृद्धि गर्ने र हातहतियार जम्मा गर्ने हाेड चल्यो ।

३.अार्थिक सामाज्वाद
आैद्योगिक क्रान्तिकाे परिणाम स्वरुप उत्पादित सामानहरुका लागि बजार विस्तार गर्नु अावश्यक थियो  । यसका लागि साम्राज्य वा उपनिवेशवादी नीतिकाे हाेड चल्यो । यसले एक अापसमा तनाव उत्पन्न गरायो ।
४. विलियम दूितीयकाे चरित्र
जर्मनीका सम्राट् कैजर विलियमले जसरी पनि जर्मनीलाई विश्वकाे सर्वशक्तिमान राष्ट्र बनाउन चाहन्थे । उनले "विश्वप्रभुत्व वा सर्वनाश" (World Power or Downfall) भन्ने नीति लिए । उनी जसरी भए पनि बेलायतलाई कमजोर देखाउन चाहन्थे । यसले गर्दा जर्मनी र इङ्ल्यान्डकाे सम्बन्ध चिसियाे ।
५.बालकन प्रायादूिपकाे समस्या
टर्की साम्राज्यअन्तर्गत ग्रीस, बुल्गेरिया, सर्विया, मेसाेडाेनिया पर्दथे, जसलाई अटाेमन एम्पाएर(Ottoman empire) भनिन्थ्यो । त्यहाँ टर्की शासकहरुकाे दमनपूर्ण शासन थियो । त्यहाँका क्रिश्चियन जनताहरु अत्यन्त पीडित थिए।उनीहरु टर्कीबाट स्वतन्त्र हुन चाहन्थे ।
६.बाेसनिया र हर्जगाेभिना
यी दुई राज्य बालकन राज्य थिए । इ.सं. १८७८ काे वर्लिन सम्मेलनले यी दुई राज्यलाई अस्ट्रिया तथा हङ्गेरी अन्तर्गत राखिदिएकाे थियो, जसले  गर्दा स्वतन्त्रताका लागि यिनीहरु सधैं विद्रोह गरिरहन्थे ।
७.१८७१ इ.सं. मा जर्मनी एकीकरणका लागि युद्ध  भएको थियो । यश युद्धमा फ्रान्सलाई पराजित गरेपछि जर्मनीले एलसेस र लाेरन दुईअाेटा प्रान्तलाई अाफूमा गाभ्याे । याे अपमानलाई फ्रान्सले बिर्सन सकेन र सधैं बदलाका लागि अवसरकाे खाेजीमा रह्याे ।
८.उग्रराष्ट्रवादकाे भावना र समचारपत्रहरु
यस समयमा सबै राष्ट्रले अाफ्नाे राष्ट्रप्रति कट्टरता दर्साउने नीति लिएका थिए ।जस्तै: जर्मनी इङ्गल्यान्डसँग घृणाकाे भावना राख्दथ्याे भने फ्रान्स  जर्मनीसँग वैरभाव गथ्ये ।
९.तत्कालीन कारण
अस्ट्रियाका राजकुमार अार्क ड्युक फ्रान्ज फर्डिनान्ड(Arch Duke Franz Ferdinand) र उनकी पत्नी साफी चाेटेक(Sophie Chotek) बाेसियाकाे राजधानी सेराजेभाे(Sarajevo) घुम्न गएका थिए । त्यस बख्रतमा २८ जुन १९१४ मा बाेसनियाका एक विद्यार्थी ग्राभ्रिलाे प्रिन्सिप(Govirlo Princip) ले गाेली हानी हत्या गरि दिए । उनी ब्ल्याक ह्यान्ड(Black Hand) नामक गुप्त संस्थाकाे सदस्य थिए । त्यस घटनामा सर्वियन सरकारकाे हात रहेको ठहर भयो । जर्मनीको इसारामा अस्ट्रियाले ब्ल्याक ह्यान्डलाई त्यहाँकाे सरकारले दमन गर्नुपर्ने र कार्यकाे निरीक्षण अस्ट्रियाले गर्न पाउनुपर्ने सर्त राखी २४ घण्टाभित्रमा जवाफ पठाउन सर्वियालाई चेतावनी दियो । सर्वियाले ब्ल्याक ह्यान्डलाई दमन गर्न सकिने  तर अस्ट्रियालाई निरीक्षण गर्न दिन नसकिने जवाफ दिएपछि दुवै राष्ट्रका बीचको तनावले युद्धको रुप लियो ।



English Translation:-

1. Factionalism
In Europe, Bismarck's factionalism became a major factor in World War I. At that time, Germany, Italy and Austria were bound by a triple alliance. Between Britain and Japan 1902 was the Treaty of Amity. Britain also had triple entity treaties with France and Russia. Thus, the powers of Europe were divided into two factions, leading to suspicion.

2. Militarism
After the unification of Germany and Italy, new militarism spread in Europe. Each nation sought to increase its military presence and stockpile its weapons for its own security.

3. Economic socialism
As a result of the Industrial Revolution, it was necessary to expand the market for manufactured goods. For this, imperial or colonial policy was used. This created tension in each other.
4. The character of William II
German Emperor Kaiser William wanted to make Germany the almighty nation of the world anyway. He adopted the policy of "World Power or Downfall". He wanted to make Britain look weak anyway. Due to this, the relations between Germany and England became cold.
5. Problems with children
The Turkish Empire included Greece, Bulgaria, Serbia, and Macedonia, known as the Ottoman Empire. There was oppressive rule by Turkish rulers. The Christian people there suffered greatly. They wanted independence from Turkey.
6. Bosnia and Herzegovina
These two states were Balkan states. AD The Berlin Conference of 1878 placed these two states under Austria and Hungary, which led to their constant revolt for independence.
7.1871 In Germany there was a war for unification. After defeating France in the Battle of Yash, Germany annexed the provinces of Alsace and Laurent. France could not forget this humiliation and was always looking for opportunities for revenge.
8. Feelings of extremism and newspapers
At that time, all the nations had adopted a policy of showing bigotry towards their own nation. For example, Germany hated England and France hated Germany.
9. Immediate reasons
Prince Arch Duke Franz Ferdinand of Austria and his wife Sophie Chotek visited Sarajevo, the capital of Bassia. On June 28, 1914, Gavli Hani, a Bosnian student, was assassinated by Govirlo Princip. He was a member of a secret organization called Black Hand. The Serbian government was involved in the incident. At the behest of Germany, Austria warned Serbia to respond within 24 hours on the condition that the black hand be suppressed by the government and that Austria be allowed to inspect its activities. Tensions between the two nations escalated into war after Serbia responded that the black hand could be suppressed but Austria could not be allowed to monitor.
Written By K.S.G