Nepali Translation:-
हिन्दु जातिले तुलसीलाई पवित्र बिरुवा मान्छन् । यसलाई विष्णु भगवानकाे रुप मानिन्छ तुलसीलाई श्रद्धापूर्वक अागनमा राेपेर दैनिक पूजा गर्नू विष्णु भगवानकाे पूजा गर्नु हाे । याे विश्वास हिन्दु जातिमा छ । हामी हिन्दुहरुका पूर्वजहरु बडो बाठा थिए । तुलसीमा पर्यावरणलाई शुद्ध बनाउने, हावामा अधिक मात्रमा अक्सिजन फ्याँक्ने र आैषधीय गुण धेरै छ ।
तुलसीबाट अाएकाे सुगन्धले झिँङ्गालगायत अन्य राेगका कीटाणुहरुलाई परै खेद्छ । ८-१० वटा तुलसीका झ्याम्टा एउटा घरको पर्यावरण शुद्ध राख्न पर्याप्त हुन्छ भन्छन् । अरु बिरुवाले भन्दा तुलसीले बढी मात्रामा अक्सिजन फ्याँक्छ । त्यही ८-१० वटा झायाम्टा तुलसीले फ्याँकेकाे अक्सिजन एउटा परिवारका यथेष्ट पुग्छ भन्दछन तुलसीमा धेरै किसिमका आैषधीय गुणहरु छन भनेर हाम्रो आयुर्वेदशास्त्रले यसकाे ठुलो महिमा गाएको छ । हिन्दु जाति धर्मेभीरु जाति हाे रक्षा गर्ने भगवान हुन्छन् । तुलसीले पनि भगवानकाे झैं रक्षा गरेकाे छ ।
अत: यसकाे आैषधीय गुणहरुमा बखान गर्दा यसकाे महत्वलाई नबुझ्लान भनेर हाम्रा पूर्वज विद्वान्हरुले तुलसी भगवान् विष्णुकाे रुप हुन भनेर बखान गरिदिए । धर्मभिरु हिन्दु जातिले अाँगनमा तुलसीलाई श्रद्धापूर्वक राेपी पूजा गर्ने परम्परा बसाए ।
written by K.S.G
No comments:
Post a Comment
Please leave your comment below